

काठमाण्डौ । पेट्रोलियम पदार्थको मुल्य बढेको छ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १५९ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १६० रूपैयाँ पर्नेछ ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ ।
निगमले खाना पकाउने एलपी ग्याँसको भाउ भने यथावत राखेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |