

धादिङ,१५ कात्तिक ।
धादिङका उत्कृष्ट तिन जना कृषक सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र धादिङले ४२ औँँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट छनोट भएका त्रिपुरासुन्दरीका नविन सिंखडा,भक्तबहादुर बस्नेत र थाक्रेका रामबहादुर सुवेदीलाई नगदसहित सम्मान गरेको हो ।

पुरस्कृत कृषकलाई प्रतिव्यक्ति रु १० हजार र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्यले जानकारी दिनुुभयो ।
यसैगरी दिवसको अवसरमा आयोजित कृषिमा दिगोपन, अर्गानिक उत्पादनमा जोड, जैविक मल उत्पादनलाई बढावा, वातावरण सन्तुलन, मानव स्वास्थ्यमा सुधार, जैविक मल उत्पादनमा सरकारको लगानीलगायत विषयमा विद्यालयस्तरीयनिबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि ज्ञान केन्द्रले पुरस्कृत गरेको छ ।
प्रतियोगितामा बेनिघाट रोराङ गाउँपालिकाको मलेखुस्थित बागेश्वरी माविकी छात्रा सदीक्षा आचार्य प्रथम, बेनिघाट रोराङकै चन्द्रोदय माविकी सिर्जना लोहनी द्वितीय, गजुरीको डोलभन्ज्याङ माविकी विनिता घिमिरे तृतीय र नीलकण्ठ नगरपालिकाको धादिङ आवासीय माविकी कृषला श्रेष्ठले सान्त्वना भएकी थिईन ।

चारै जनालाई नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मालगायतको उपस्थिति थियो।

तस्विर रमिला डाँगी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |