

काठमाडौं । खानेतेलको भाउ बढेको छ ।नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो।
चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ।अहिले भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ।
गएको पुसमा प्रतिलिटर ३७० रुपैयाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपैयाँ बढेर प्रतिलिटरको ४१० रुपैयाँ खुद्रा मूल्यमा किनबेच भएको संघले जनाएको छ ।
संघका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपैयाँमा पाइनेमा १५ बढेर प्रतिलिटर ३२५ रुपैयाँमा कारोबार भएको छ।
उद्योगीले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन्।
नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको संघका महासचिव अमुलकाजी तुलाधरले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |