

काठमाडौं । उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उद्योगीले फेरि सिमेन्ट र डन्डीको भाउ बढाएका छन् ।
उद्योगीहरूले १५ चैत २०८१ मा सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँ र डन्डी किलोको ८ देखि १० रुपैयाँ घटाइएको बताएका थिए।तर, अहिले फेरि उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उनीहरूले बढी मूल्यमा सिमेन्ट र डन्डी बिक्री गरिरहेका छन् ।
उद्योगीले सिमेन्ट र डन्डीको मूल्य मिलेमतोमै बढाएर बेचेको नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले दाबी गर्नुभएको छ।
उद्योगीहरूले सिमेन्ट र डन्डी उत्पादन कटौती गरेर मूल्य बढाएका र उत्पादन बढाएर लागत घटाउनु पर्नेमा उत्पादन नै घटाएर मूल्य बढाउँदै लगिरहेको उहाँको भनाई छ ।
अहिले डन्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँबाट ९४ रुपैयाँ पुगेको छ । पहिला ७ सय ५० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य बढाएर ७ सय ७१ रुपैयाँसम्म पुर्याएका छन् ।
उद्योगीहरूले लोडसेडिङ भएका कारण उत्पादन गर्न नपाएको दाबी गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |