

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत पोखराको लामेआहालमा ईभी हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको ईभी हायस दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेहरुमा पोखरामा बस्दै आउनुभएको धादिङ फुलखर्ककी झाँङमाया गुरुङ, धादिङ नीलकण्ठ नगरपालिका-२ का अगम गुरुङ र धादिङ ज्वालामुखी गाउँपालिका-५ का तिल कुमारी आचार्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
दुुर्घटनामा परि घाइते भएकाहरु मध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको र उपचारपछि तीन जना डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीर:सामाजिक संजाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |