

धादिङ । सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाले जिल्लामा सबैभन्दा पहिले र समयमै बिहिबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले निति कार्यक्रम प्रस्तुत गर्दै जनताको माग र पालिकाको क्षमताको आधारमा नीति कार्यक्रम बनाइएको बताउनुभयो ।
गाउँसभाको १७ औं अधिवेशनबाट पालिकाले कुल ६० करोड ५७ लाख ८४ हजार ९ सय १४ रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ ।
गाउँसभामा अध्यक्ष खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष सविता अर्यालले बजेट प्रस्ताव गर्नु भएको हो।
विगतमा तोकिएको मितिमा बजेट ल्याउन नसक्ने गरेकोमा यसपटक भने निर्धारित मिति असार १० भन्दा पहिले नै बजेट ल्याएर सिद्धलेकले नयाँ उदाहरण प्रस्तुत गरेको छ।
विगतको अनुभवको आधारमा बजेट तयारी समयमै थालिएकाले म्यादभित्र बजेट पेस गर्न सम्भव भएको हो। बजेटमा सडक, शिक्षा, कृषि, पशुपालन र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिइएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
कृषिमा लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिने र पशुपालन क्षेत्रलाई पनि परिणाममुखी बनाउने लक्ष्य लिइएको उहाँको भनाई छ ।
गाउँसभामा उपाध्यक्ष सविता अर्यालले स्थानीय जनताको आवश्यकता र सुझावका आधारमा बजेट बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ५ हजार पोषण भत्ता, घरघरमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, निशुल्क एम्बुलेन्स सेवा, र स्थानीय उत्पादनको बजारीकरण जस्ता कार्यक्रम समेटिएका छन्।
यस्तै, लघु उद्यम, सीप तथा क्षमता विकास, प्रविधि हस्तान्तरण, र गरिब तथा पिछडिएको वर्गका लागि लक्षित कार्यक्रम समेत बजेटमा प्राथमिकतामा परेका छन्।
१३ स्थानीय तह रहेको धादिङमा शुक्रबार नीलकण्ठ नगरपालिका र नेत्रावती डवजोङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। तस्विर: सिद्धलेक गाउँपालिका फेसबुक पेज





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |