

धादिङ । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। शुक्रबार नगरसभाको १७औं अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ ।
नगरसभामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख ढुंगानाले यस वर्षको योजना केवल कागजी दस्तावेज नभई नगरको समृद्धिको स्पष्ट खाका भएको उल्लेख गर्नुभयो।
उहाँले नगरको श्रोत, आवश्यकता र जनभावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आधारित विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।
नीति तथा कार्यक्रममा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘एक वडा, एक उत्पादन’, व्यवसायिक कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्योग प्रवर्द्धन, कालोपत्रे सडक सञ्जाल, सबै घरमा खानेपानी, गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा, नमूना श्रोत विद्यालयको प्रवर्द्धन र युवा स्वरोजगार जस्ता कार्यक्रम समावेश छन्।
शिक्षामा गुणस्तरीयता बढाउन नमूना विद्यालय, शिक्षक मूल्यांकन, पोषण सामग्री वितरण, छात्रवृत्ति, प्राविधिक शिक्षाको विस्तार तथा उच्च शिक्षाका लागि अनुसन्धानवृत्तिको व्यवस्था गरिने उल्लेख छ।
यस्तै कृषिमा माटो परीक्षण, उपयुक्त बालीको सिफारिस, अनुदान र बजारीकरणमा जोड दिइनेछ। मोबाइल भेटेनरी सेवा, व्यवसायिक पशुपालन र घरेलु उत्पादनको प्रवर्द्धन गरिनेछ। उद्यमशीलताको प्रवर्द्धनका लागि स्टार्टअप व्यवसायमा बिउ पुँजी, सहुलियत कर्जा, युवा तालिम तथा रोजगारी मेला, वैदेशिक रोजगारबाट फर्किएकालाई व्यवसाय स्थापना सहयोगजस्ता कार्यक्रम अघि सारिएको छ।
नगरका सबै वडामा कालोपत्रे सडक, खानेपानी योजना, फोहोर व्यवस्थापन, खुला व्यायामशाला, नमूना बस्ती विकास र भू–उपयोग नीति लागू गरिनेछ। पर्यटन प्रवर्द्धनका लागि होमस्टे, धार्मिक तथा प्राकृतिक गन्तव्यको विकास, स्थानीय संस्कृति संरक्षण, खेल क्षेत्रको पूर्वाधार निर्माण, कला–साहित्य प्रवर्द्धन लगायत कार्यक्रम समावेश छन्।
महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, दलित, आदिवासी, सीमान्तकृत समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिनेछ। शान्ति सुरक्षा, जनउत्तरदायी प्रशासन, पारदर्शिता, सूचना–सञ्चार प्रणाली सुधार, विपद् व्यवस्थापन, गुनासो सुन्ने र जवाफ दिने संयन्त्रलाई समेत प्रभावकारी बनाउने उल्लेख छ।
नगरप्रमुख ढुंगानाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट योजना, जिम्मेवारी र समयरेखा तय गरिएको जानकारी दिनुभयो।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |