

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।
शुक्रबार गाउँसभाको १७ औं अधिबेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सितामाया चोदेनले ४६ करोड २७ लाख ३२ हजार २ सय ९१ रुपैयाको बजेट पेश गर्नु भएको थियो ।
अधिवेशनबाट निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।
निति तथा कार्यक्रममा गाउँपालिकाको दुरगामी योजना अनुरुप भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई प्राथमिकता दिएको छ भने संविधानले प्रत्याभूत गरेका दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने दिशामा नीतिगत र व्यवहारिक पहल गरिने बताईएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |