

धादिङ । ज्वालामुखी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार गाउँसभाको १५ औं अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ।
गाउँसभामा गाउँपालिका अध्यक्ष यामनाथ दनैले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ज्वालामूखी गाउँपालिकाले परिकल्पना गरेको “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध ज्वालामूखीको मूल आधार” भन्ने दीर्घकालीन सोंच समेतका आधारमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेका/पारिएका समुदायहरुलाई उच्च प्राथमिकतामा राख्दै आम गाउँपालिकाबासीको सर्वोपरी हितलाई केन्द्र भागमा राखिएको बताउनुभयो ।
गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहको लागि नवीन र रुपान्तरणकारी योजना तथा कार्यक्रम संचालन गर्नु आजको आवश्यकता रहेको भन्दै अध्यक्ष दनैले गाउँपालिकाको दीर्घकालिन सोचः “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार–समृद्ध ज्वालामूखीको मूल आधार” रहेको बताउनुभयो ।
सभामा अध्यक्ष दनैले गाउँपालिकाको सामाजिक, आर्थिक, मानविय विकासमा अभिबृद्धि भई गाउँबासीको जीवनस्तरमा गुणात्मक सुधार हुने पनि बताउनुभयो ।
बजेट विनियोजन गर्दा मूलतः आवश्यकता, सम्भाव्यता, पारदर्शिता, सहभागिता र स्रोत सुनिश्चितताका सिद्धान्तहरु अवलम्वन गरिने उहाँको भनाई थियो।
नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड, पूर्वाधार विकास तथा दिगो व्यवस्थापन, शिक्षा क्षेत्रमा गुणात्मक सुधार,सर्वसुलव र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा सुशासन र वित्तिय अनुशासन, खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन, आन्तरिक रोजगार प्रवद्र्धनमा जोड, वातावरण संरक्षण र दिगो विकास, लैंगिक तथा सामाजिक समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, विपद् व्यवस्थापन, उद्धार, राहात र पुनस्थापना जस्ता कार्यक्रम समावेश छन्।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड ८ लाख ९० हजारको बजेट ल्याएको छ ।
आईतबार गाउँसभाको १५ औं अधिवेशन गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो।
जसमा संघिय समानिकरण अनुदान १२ करोड ७३ लाख, सर्शत अनुदान २२ करोड ३३ लाख, विशेष अनुदान ८५ लाख, समपुरक अनुदान २ करोड ४५ लाख र राजश्व बाँडफाँड ८ करोड ५४ लाख रहेको छ ।
यस्तै प्रदेश तर्फ समानिकरण अनुदान १ करोड ३३ लाख ५ हजार, सर्शत अनुदान २ करोड १८ लाख १३ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ करोड ७० लाख र राजश्व बाँडफाँड ३ करोड ८ लाख ९४ हजार रहेको छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ
ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम आर्थिक वर्ष २०८२-८३





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |