Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

नेपाली राजनीति र दल प्रतिको वितृष्णा

  • बागमती कलम
  • ५१५ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ अषाढ ३१, मंगलबार (१0 महिना अघि)
नेपाली राजनीति र दल प्रतिको वितृष्णा

-भुवन भण्डारी
नेपाली राजनीतिमा अहिले एक किसिमको वितृष्णा फैलिएको देखिन्छ। यो वितृष्णा सामान्य जनमानसदेखि शिक्षित युवा पुस्तासम्म, मजदुरदेखि व्यवसायीसम्म, र भोट हाल्ने गाउँको भुंई मान्छे र आम नागरिकदेखि विदेशमा बसोबास गर्ने प्रवासी नेपालीहरूमा समेत समान रूपमा देखिन्छ।

२०६२/०६३ को जनआन्दोलनपछि नेपाली जनताले देशमा स्थायित्व, सुशासन, विकास र समृद्धिको आशा गरेका थिए। तर समयक्रममा ती आशाहरू निराशामा परिणत हुँदै गए। राजनीतिक दलहरूले बारम्बार सत्ताको खेल, भागबण्डा र शक्ति संघर्षलाई प्राथमिकता दिँदा जनताका आधारभूत मुद्दाहरू ओझेलमा परे।

नेपाली जनताले वर्षौं संघर्ष गरेर ल्याएको लोकतन्त्र, गणतन्त्र र संघीयता आज जनताकै बीच वितृष्णाको विषय बन्दै गएको छ। राजनीति जनताको सेवा र राष्ट्रको समृद्धिका लागि हुनुपर्ने हो, तर आजको यथार्थ के छ भने—राजनीति अवसरको, पदको, पहुँचको र आ-आफ्नो संरक्षणको माध्यम मात्र बनिरहेको छ।

देशमा सरकार परिवर्तन हुनु नौलो कुरा रहेन। स्थायित्व र परिणाममुखी कामको अपेक्षा गर्दा गर्दै, बारम्बार सरकारको नेतृत्व बदलिनुले नीति निरन्तरता र दीर्घकालीन योजना असफल बन्न पुगे। धेरै नेताहरू व्यक्तिगत लाभ, पद, शक्ति र आफ्नो नजिकका मान्छेहरूलाई लाभ पुर्‍याउन केन्द्रित देखिए। भ्रष्टाचार, कमीशन, गुटबन्दी र आन्तरिक विवादहरू खुलेआम भइरहँदा जनताले राजनीतिलाई घृणाको दृष्टिले हेर्न थालेका छन्।

युवाहरू राजनीतिमा आशा देख्थे, परिवर्तनको वाहक बन्न चाहन्थे। तर राजनीतिक संस्कार, अवसरको अभाव, र बुढा नेताहरूको वर्चस्वले उनीहरू पछाडि परे। नतिजास्वरूप, हजारौं युवाहरू रोजगारी, शिक्षा वा भविष्यको खोजीमा विदेशिन विवश छन्। उनीहरूलाई लाग्न थालेको छ -“देशमा केही हुनेवाला छैन”।

दलहरू जनताको सेवा गर्न होइन, सत्ता प्राप्ति र संरक्षण गर्न मात्रै सक्रिय देखिन्छन् भन्ने बुझाइ व्यापक बनिरहेको छ। नेताहरूको भाषण र व्यवहारमा एकरूपता नहुनु, घोषणापत्रहरू चुनावसम्म सीमित हुनु, र जनतासँगको सम्बन्ध शून्यप्रायः हुनुले यो वितृष्णा झनै जड बनेको छ।

सत्तामा रहेका नेताहरू सबैलाई समेटेर लैजानेू भाषण गर्छन्, तर व्यवहारमा नातावाद र कृपावाद प्रबल छ। आफ्नाले चाहे जे गरे पनि संरक्षण पाउने, आलोचना हुनेबित्तिकै ढाकछोप गर्न उद्धत हुने प्रवृत्ति नेताहरूमा मौलाएको छ। विपक्षमा रहेका नेताहरू पनि जनताका पक्षमा देखिने प्रयास त गर्छन्, तर त्यो पनि सतही नाटक मात्र हुने गर्छ। उनीहरू भ्रष्टाचार, कमिसन र ठेक्कापट्टाको भागबण्डामा सत्तारूढ पार्टीसँग समान रूपमा लिप्त देखिन्छन्। सत्ताको टेबलमा बिरोध गर्नेहरू पछाडिबाट मिलेर भाग बाँड्ने सौदाबाजी भएको छ।

संघीयता आएपछि सिंहदरबार गाउँमै भन्ने नारा खुबै घन्कियो। तर त्यो नारा नितान्त नारामै सीमित रह्यो। गाउँगाउँमा अधिकार गएको हो कि दलाल प्रवृत्ति, आसेपासे संस्कृति र अवसरको केन्द्रीकरण मात्र गयो गाउँमा सिंहदरबार गयो, तर जनताको आवाज, अधिकार र न्याय अझै पनि सहरकै शक्तिशालीको निर्णयबाट मात्र प्रभावित हुँदै छ।

गाउँमा पनि अहिले नेताको कार्यकर्ता, उसकै मान्छे, त्यसको आफन्त भए मात्र रोजगारी, सेवा, सुविधा वा अवसर पाइन्छ। पढेलेखेका, सक्षम, दक्ष युवाहरू सस्तो श्रममा विदेशिन बाध्य छन्, किनभने आफ्नो देशमा सामर्थ्य भन्दा बढी सिफारिसू चल्छ।

राजनीतिक दलहरू सुध्रने अपेक्षा जनताले दशकौंदेखि गर्दै आएका छन्। तर पुराना दलहरू अझै पुरानै शैलीमा, पुरानै अनुहारहरूसँग, र उहीं सत्ता–शक्ति मोहमा लिप्त छन्। ती दलहरूमा केही राम्रा नेताहरू छन् भन्ने स्वीकार गर्नुपर्छ, तर ती थोरै राम्रा पनि धेरै नराम्रा नेताको भीडभित्र हराएर जनताको नजरमा पर्न सकेनन्।

नयाँ राजनीतिक शक्तिहरूको उदय भयो, जनताले उत्साहका साथ स्वागत पनि गरे। तर समय बित्दै जाँदा नयाँहरू पनि पुरानै शैलीमा रमाउन थाले। भाषणमा परिवर्तनको कथा लेखे पनि व्यवहारमा सत्ताको स्वाद पुरानै भयो।

दलभित्रका युवाहरूले नेतृत्वलाई आलोचना गर्न सकेका छैनन्। आलोचना गरेकै आधारमा पार्टीबाट निकालिने डर, अवसर गुमाउने चिन्ता, वा नेतृत्वको पेलाईमा गुमनाम बन्नुपर्ने पीडाले उनीहरू मौन छन्। मौनताकै कारण, पार्टी भित्रै लोकतन्त्र कमजोर भएको छ।

कतिपय युवाहरू शक्तिको पुजारी बनेर, एकपछि अर्को पार्टी बदल्दै, सधैं सत्तासँगै घाँटी जोड्न थालेका छन्। सामाजिक अभियान्ता र अगुवाहरू पनि सत्ता अनुसार आफ्नो अभिव्यक्ति बदल्ने, विगतको समर्थन बिर्सिएर वर्तमान सत्तालाई प्रशंसा गर्ने प्रवृत्तिमा लागेका छन्। यो प्रवृत्ति अझै भयावह छ-यसले समाजमा नेतृत्वको नैतिक आधार नष्ट गर्छ।

बोल्न खोज्नेहरूलाई दबाब र प्रभावमार्फत चुप लगाउने संस्कृति मौलाइरहेको छ। लोकतन्त्रमा बहस हुनु स्वाभाविक हो, तर आज त्यो बहस होइन-भय र मौनता बढी देखिन्छ। स्थानीय तहदेखि संघसम्मका नेताहरू प्रश्न गर्नेलाई प्रतिशोधमा आउने परिपाटीले जनता डराउन थालेका छन्। जनताको आवाज गाउँमै दबिन्छ, अनि ती जनताका सन्तान परदेशमा पसिना बगाउन बाध्य हुन्छन्।

देशमा अब केवल प्राकृतिक दोहन होइन, मानव स्रोतको दोहन, सोचको दोहन र आशाको दोहन भइरहेको छ। शक्तिशालीहरू कति सक्षम छन् भनेर होइन, कति चलाख छन् भनेर सफल कहलिन्छन्। राष्ट्रनिर्माणको सपना बोकेका हजारौं युवाहरू निराश हुँदै, विदेशको आकाश हेर्दै, आफ्नो देशप्रति वितृष्णा बढाउँदै छन्।

राजनीतिक दल र नेताहरूले आत्मसमिक्षा गर्नुपर्छ। जनतासँगको विश्वास पुनःस्थापना गर्न नीतिमा स्पष्टता, कार्यान्वयनमा पारदर्शिता, र नेतृत्वमा जवाफदेहिता जरुरी छ। युवाहरूलाई राजनीतिमा सकारात्मक रूपमा आबद्ध गराउन र नयाँ पुस्तालाई नेतृत्व दिने वातावरण बनाउनुपर्ने बेला आइसकेको छ।साथै, नागरिक स्वयं पनि सचेत र सक्रिय बन्नुपर्छ। राजनीति त्यागेर होइन, शुद्धिकरण गरेर मात्र देश परिवर्तन सम्भव छ। सशक्त नागरिक समाज र वैकल्पिक राजनीति निर्माणको दिशा तर्फ सोच्नुपर्ने समय भएको छ।

सुधार नेतृत्वबाट मात्र होइन, जनताबाट पनि सुरु हुनुपर्छ। दलहरू भित्र र बाहिरबाट दबाब सिर्जना हुनुपर्छ। सचेत नागरिक, इमानदार पत्रकारिता, विवेकी युवा र निष्पक्ष राज्य संयन्त्रले मात्र यो विकृति रोकी नयाँ दिशातर्फ लैजान सक्छ। तर यथास्थितिमै रमाउने हो भने, राजनीति र दलप्रति वितृष्णा अझै गहिरिंदै जानेछ-र अन्ततः, देशलाई नै अनुत्तरदायी दलदलमा फसाउनेछ।

(लेखक भण्डारी हाल जापानमा हुनुहुन्छ ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution