

काठमाण्डौ । देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ ।
साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको छ ।
यो गएको वर्षको साउन २५ गतेकै तुलनामा ७ दशमलव १९ प्रतिशतले कमी हो । गएको वर्ष साउन २५ गतेसम्ममा ९८ दशमलव १९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
यस वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ ।सबैभन्दा कम मधेश प्रदेशमा ७६ दशमलव ५४ प्रतिशतमात्रै रोपाइँ भएको छ ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८ दशमलव ०४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत, गण्डकी प्रदेशमा ९२ दशमलव ७७ प्रतिशत, बागमती प्रदेशमा ९३ दशमलव ५६ प्रतिशत र कोशी प्रदेशमा ८० दशमलव ३९ प्रतिशत रोपाइँ भएको छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |