

काठमाण्डौ । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल नियमले गएराति देखि नै लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई र डिजेल र मट्टीतेलमा तीन रुपैयाँका दरले मुल्य बढाएको हो ।
भारतीय आयल निगमबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ४५ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसा बढेको मूल्यसूची आएको निगमले जनाएको छ ।
तर, उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलमा दुई र डिजेलमा तीन रुपैयाँ मात्रै वृद्धि गरिएको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
भाउ बढेसँगै अब पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल प्रतिलिटर एक सय ४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६० रुपैयाँ तथा डिजेलरमट्टीतेल प्रतिलिटर एक सय ४६ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर एक सय ६१ रुपैयाँ तथा डिजेलरमट्टीतेल प्रतिलिटर एक सय ४७ रुपैयाँ पर्नेछ ।
खाना पकाउने ग्यासको भाउ यथावत् रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |