

धादिङ । धादिङमा बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ।
‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ अन्तरगत धादिङ जिल्ला भलिबल संघको आयोजनामा आगामी पौष ९ देखि १२ गतेसम्म सदरमुकाम धादिङबेशीमा बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, बेस्ट प्लेयर र कोचलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क १० हजार तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति मंसिर ३० गतेसम्म राखिएको धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिममा खेलाडी एउटै जिल्लाका हुनुपर्ने, खेलाडी संख्या १२ जना तथा प्रशिक्षक, सहायक प्रशिक्षक र म्यानेजर १/१ जना हुनुपर्ने छ ।
खेल FIVB को नियमअनुसार सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
थप जानकारीका लागि
९८५११२१३१४, ९८५११३२६७८, ९८६६९९९६०६






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |