

काठमाडौँ । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघको मंगलबार बसेको बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।
समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने भएको छ । संघका सचिव मदन केसीका अनुसार सानो अण्डाको प्रतिपेटी मूल्य २६ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि ठूलो अण्डा प्रति क्रेट ५०० र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो।
संघले चितवनबाट लोड भइ देशैभरीको अण्डा डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप मूल्य पर्ने बताएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |