

अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम स्थगित गरेको छ । गएको हप्ता ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको ज्यान गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्नुभएको बीबीसीले जनाएको छ ।
गोलीकाण्डमा संलग्न भएका व्यक्ति आठ वर्षअघि ‘डीभी लटरी’ कार्यक्रमबाटै अमेरिका प्रवेश गरेको खुलेको छ । बिहीवार मृत फेला परेका ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी सन् २०१७ मा डीभीमार्फत अमेरिका प्रवेश गरेका र केही वर्षपछि ग्रीन कार्ड पाएको अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
सन् १९९० देखि शुरू भएको डीभी कार्यक्रम अन्तर्गत हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका ५० हजार नागरिक अमेरिका पुग्ने गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |