

धादिङ । धादिङबेशीमा जारी ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियागिताको फाइनलमा धादिङ टिम ‘ए’ र सिन्धुपाल्चोक खेल्ने भएको छ ।
सदरमुकाम धादिङबेशी स्थित कभर्डहल परिसरको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा धादिङ टिम ‘ए’ ले रामेछापलाई ३-०को सोझो सेटमा पराजित गर्दै फाईनल पुगेको हो ।
धादिङ टिम ‘ए’ ले रामेछापलाई २५-११, २५-१३ र २५-१७ ले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा सिन्धुपाल्चोकले नुवाकोटलाई ३-०को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गर्यो ।सिन्धुपाल्चोकले नुवाकोटलाई २५-१५, २५-१७ र २६-२४ ले पराजित गरेको थियो ।
फाईनल खेल शनिबार दिउँसो १ बजे हुने छ भने तेस्रो स्थानको लागि रामेछापले नुवाकोटसँग शनिबार बिहान ११ बजे खेल्नेछ।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी थिए । जस्मा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |