

धादिङ । नीलकण्ठ नगरपालिका-३ स्थित धादिङबेशीमा सम्पन्न ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियागिताको उपाधि धादिङ टिम ‘ए’ ले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३-० को सोझो सेटमा पराजित गर्दै धादिङ टिम ‘ए’ ले उपाधि जितेको हो ।
धादिङले सिन्धुपाल्चोकलाई २५-१०, २५-६ र २५-७ ले पराजित गरेको थियो ।
उपाधिसँगै धादिङले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
दोस्रो भएको सिन्धुपाल्चोकले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै तेस्रो भएको रामेछापले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण-पत्र पाएको छ ।

तस्विर सिन्धुपाल्चोक द्धितिय
शनिबारनै भएको तेस्रो स्थान लागिको खेलमा रामेछापले नुवाकोटलाई ३-२ को सेटमा पराजित गरेको हो । रामेछापले नुवाकोटलाई २३-२५, २५-१० र २३-२५,२५-८ र १९-१७ ले ३-२ को सेटमा पराजित गर्यो ।

तस्विर रामेछाप तृतिय
प्रतियोगितामा उत्कृष्ट खेलाडी धादिङ टिम ‘ए’ की रेविका लामा तामाङ, उत्कृष्ट स्पाइकर धादिङ टिम ‘ए’ की सलिना गुरुङ, उत्कृष्ट सेटर धादिङ टिम ‘ए’ कै भावना तामाङ, उत्कृष्ट डिफेन्डर धादिङ टिम ‘ए’ की जमुना गुरुङ, उत्कृष्ट ब्लकर धादिङ टिम ‘ए’ की वाल्मिका आचार्य, उत्कृष्ट सर्भर रामेछापकी एलिसा श्रेष्ठ र उत्कृष्ट कोच धादिङका बिरु लामा घोषित भए ।
उत्कृष्ट खेलाडी रेविकाले नगद ५ हजार र ट्रफी पाए भने उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचले समान नगद २ हजार सहित ट्रफी प्राप्त गरे।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा पुस ९ गतेदेखी शुरु भएको प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी थिए ।
जस्मा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक थिए ।
प्रतियोगिताको अवसरमा धादिङ जिल्ला भलिबल संघले न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई, काभा यु–१९ च्याम्पियनसिप खेलेका भावना तामाङ, रेविका लामा तामाङलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले धादिङ महिला भलिबलको ऐतिहासिक उपलब्धिले जिल्लाको खेलकुद पहिचानलाई अझ मजबुत बनाएको बताउनुभयो ।
उहाँले प्रदेश स्तरीय मात्र नभई आगामी दिनमा राष्ट्रिय स्तरका भलिबल प्रतियोगिता धादिङमा आयोजना गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खेलकुदले युवालाई अनुशासित, सक्षम र राष्ट्रप्रेमी बनाउने भएकाले स्थानीय तहले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ थियो।
यस्तै धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले धादिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै महिला भलिबल खेलाडी जन्माइसकेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उत्पादन गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो ।
उहाँले खेलाडीको निरन्तर अभ्यास, प्रशिक्षकको मेहनत र स्थानीय तहको सहयोगले मात्रै यस्तो सफलता सम्भव भएको भन्दै आगामी दिनमा भलिबल खेललाई अझ व्यवस्थित र व्यवसायिक बनाइने धारणा राख्नुभयो ।
समापन कार्यक्रममा सहभागी अतिथिहरुले स्थानीय सरकार, संघ–संस्था र अभिभावकको सहयोगले मात्रै खेलकुद क्षेत्रमा दीर्घकालीन सफलता सम्भव हुने धारणा व्यक्त गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |