

धादिङ । धादिङ कबड्डी सङ्घको कार्यवाहक अध्यक्षको जिम्मेवारी कोषाध्यक्ष मनीष श्रेष्ठलाई तोकिएको छ ।
सङ्घका अध्यक्ष रत्नेश कुमार यादव उच्च शिक्षाको सिलसिलामा वैदेशिक बसाइमा रहने भएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
सङ्घले जारी गरेको सूचनाअनुसार दैनिक प्रशासनिक कार्य सञ्चालन, निर्णय कार्यान्वयन तथा सङ्घका सम्पूर्ण गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले आगामी अधिवेशन सम्पन्न नहुँदासम्मका लागि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो।
सङ्घका उपाध्यक्ष तथा सचिवसमेत हाल वैदेशिक बसाइमा रहेकाले सङ्घको नियमित कार्यसम्पादनमा सहजता ल्याउन उक्त निर्णय गरिएको अध्यक्ष रत्नेश कुमार यादवद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |