

दमक । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता झापाको दमकस्थित होटल कामाक्ष्यमा शुरु भएको छ।
प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेश तथा झापा जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शुरु भएको प्रतिस्पर्धा ६ दिन सञ्चालन हुनेछ।
आईतबार पहिलो चरणमा मुहान नर्सिङ श्रेष्ठ, एफएम रुपेश जैसवाल र आशीष फूयाँलले जीत प्राप्त गर्दै सुखद् शुरुआत गरेका छन् ।
ज्वाला इम्बुङ, सिएम सुश्रुत दाहाल, राजन सुवेदी, रिशोन थापा, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले बराबरी खेल्दै समान ०.५ अंक जोडेका छन्।
यस्तैगरी महिलातर्फ प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सुशिला गुरुङ, कृतिसारा अधिकारी तथा बिनिता कपालीले विजय हासिल गरेका छन्। पुनम प्रसाईं र प्रविशा दवाडीले बराबरी खेल्दै ०.५ अंक प्राप्त गरेका छन्।
प्रतियोगिताका शीर्ष चार खेलाडी सहित वर्तमान राष्ट्रिय विजेता गरि दुवै विधाका पाँच पाँच खेलाडी आगामी सेप्टेम्बरमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि नेपाली टोलीको छनोट हुनेछन्।
वर्तमान नेपाल शीर्ष ३ तथा राष्ट्रिय बी वाट छनोट भएका शीर्ष ९ जना गरि १२ जना राष्ट्रिय खेलाडी बिच ११ चरणको एक आपासमा राउण्ड रोबिन खेल मार्फत वरियता निर्धारण हुने भएको छ।
सबै खेलाडीलाई यातायात खर्च, आवास तथा २ लाख नगद पुरस्कार व्यवस्था रहेको प्रतियोगिताको उदघाटन सोमबार २ बजे हुनेछ ।
यस राष्ट्रिय बुद्धिचाल खेल राष्ट्रिय खेलकुद परिषदले गठन गरेको राष्ट्रिय प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा सञ्चालन भइरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |