












दमक । ४६ औं चेस ओलम्पियाड एवं २६ औं राष्ट्रिय पुरुष तथा ११ औं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको चौथो दिन सातौं चरणसम्म रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता कायम गरिरहेका छन्।
पुरुष तर्फ एफएम रुपेश जैसवालले ६ जीत र १ बराबरी खेल प्रदर्शन गरि ६.५ अंक जोडेका छन्।
वर्तमान नेपाल च्याम्पियन रेटेड रुपेशले प्रतिस्पर्धामा दबदबा कायम गर्दै उपाधि रक्षा तर्फ अग्रसर देखिएका छन्।
एफएम रुपेशले अघिल्लो २ स्पर्धामा आशिष फुयाल र सिएम पुरुषोत्तम चौलागाईं माथि जीत दर्ता गरेका थिए।
२०६७ रेटेड रुपेश आठौं चरण पुछारका धिरेन राई सँग प्रतिस्पर्धामा छन्। यस्तै दोस्रो स्थानमा रहेका रिसोन थापाले ५.५ अंक जोडेर शीर्ष खेलाडीलाई पछ्याइरहेका छन्।
२०६१ रेटेड रिसोनले यस अघि सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईलाई पराजित गरेका थिए। रिसोन एआईएम अभीक शाहसँग स्पर्धामा छन्।
यसैगरी पुर्व नेपाल च्याम्पियन तथा वर्तमान तृतीय राजन सुवेदी र वर्तमान नेपाल उपविजेता पुरुषोत्तम सिलवाल समान ४.५ अंक बनाएर संयुक्त तेस्रो स्थानमा छन्।
१९४४ रेटिङ राजनले अभीक र ज्वाला ईम्बुङ दुवै सँग बराबरी खेले।
युवा २०३४ रेटेड पुरुषोत्तम सिलवालले सुश्रुत दहाल र आशिष् फुयाल सँग बराबरी खेल खेल्दै सम्भावना जिवित राखेका छन्।
नेपाल उप विजेता सिएमले पहिलो खेल एफएम रुपेशसँग हार व्यहोरेका थिए।
आशिष र मुहान नरसिंह श्रेष्ठको समान ३.५ अंक छ। ज्वाला ईम्बुङको ३ अंक, एआईएम अभीक शाहबो २.५ अंक, सिएम पुरुषोत्तम चौलागाईंको २ अंक, कमल श्रेष्ठको १.५ अंक र धिरेन राईको १ अंक रहेको छ।
राष्ट्रिय खेलकुद परिषदले गठन गरेको प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा बुधबार महिलातर्फ शीर्ष खेलाडी कृतिसरा अधिकारीले ५.५ अंकका उपाधि तर्फ अगाडि बढेकी छिन्।
कृतिसरालाई पछ्याउँदै विनिता कपाली ५ अंक जोडेर दोस्रो स्थानमा उभिएकी छिन्। विनिताले प्रविशा दवाडी र पुनम प्रसाईंलाई हराईन्।
४ जना महिला खेलाडी समान ४.५ अंक जोडेर प्रतियोगितालाई रोचक मोडमा पुर्याएका छन्। प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पूजा भण्डारी संयुक्त तृतीय स्थानमा छन्।
एञ्जल महर्जन र शुशीला गुरुङको समान ३.५ अंक बनेको छ। ईशा गिरि ३ अंक, प्रविशा दवाडी १.५ अंक, नुमा सुब्बा तथा पुनम प्रसाईंको समान १ अंक रहेको छ।
११ चरणको खेल एक आपसमा प्रतिस्पर्धा गरि ओलम्पियाड छनोट तथा राष्ट्रिय शीर्ष वरियता निर्धारण गरिने प्रतियोगिताको अन्तिम ४ चरण बाकी रहेको सदस्य राजु ताम्राकारले जानकारी दिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |