


























दमक । नेपाल बुद्धिचाल महासंघको समन्वय तथा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश तथा जिल्ला बुद्धिचाल संघ झापाको आयोजनामा २६ औं खुल्ला र ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ।
झापाको दमक स्थित होटल कामाक्षमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले उपाधि जित्न सफल भएका छन्।
यससँगै आगामी सेप्टेम्बर उज्बेकिस्तानको समरकन्दमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि पुरुष तथा महिला गरि १० जना खेलाडी छनोट भएका छन् ।
प्रतिस्पर्धाको खुलातर्फ रौतहटका एफएम रुपेश जैसवालले ११ खेलबाट ९.५ अंक जोडेर उपाधि रक्षा गरेका छन्।
तेस्रो पटक नेपाल विजेता बनेका रुपेशले अन्तिम खेल सुश्रुत दहालसँग बराबरी खेलेका थिए।
यस्तै दोलखाका युवा आशिष फुयाल ७.५ अंकसहित दोस्रो तथा पूर्व नेपाल च्याम्पियन राजन सुबेदी ७ अंकसहित तेस्रो स्थानमा रहे।
समान ७ अंक बनाएर टाइब्रेकका आधारमा झापाका सिएम सुश्रुत दाहाल चौथो, काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल पाँचौँ तथा पाँचथरका रिशोन थापा छैटौँ स्थानमा रहे।
झापाका ज्वाला इम्बुङ ६ अंक, सुनसरीका मुहान नरसिंह श्रेष्ठ ४.५ अंक, समान ३ अंक जोडेका खोटाङका धिरेन राई, काठमाडौंका पुरुषोत्तम चौलागाईं, बाँकेका अभीक शाह र १.५ अंकमा ललितपुरका कमल श्रेष्ठले बाह्रौं स्थानमा रहे।
यसैगरी महिलातर्फ झापाका कृतिसरा अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै ८.५ अंकसहित राष्ट्रिय महिला च्याम्पियनको उपाधि जितिन्।
झापा कै पूजा भण्डारी ७.५ अंकसहित दोस्रो तथा दोलखाका निहाना श्रेष्ठ ७ अंकसहित तेस्रो स्थानमा रहिन्।
समान ७ अंक प्राप्त गरेकी एन्जल महर्जन टाइब्रेकका आधारमा चौथो स्थानमा सीमित भइन्।
डाईरेक्ट इन्काउण्टर, सोन्नेवर्ग बर्जर टाइब्रेकका आधारमा समान ६.५ अंक जोडेर काठमाडौंका बिनिता कपाली, निवर्तमान ओमन नेपाल च्याम्पियन सिन्दिरा जोशी र झापाका प्रिया क्षेत्री क्रमशः छैटौं स्थानमा रहे।
यस्तै ताप्लेजुङका सुशिला गुरुङ ५.५ अंक, बाँकेका इशा गिरी ४.५ अंक, झापाका पुनम प्रसाईं ३ अंक, प्रविशा दवाडी २ अंक र नुमा सुब्बा १.५ अंक जोडेर स्पर्धा अन्त्य गरेका छन्।
आयोजक समितीका सदस्य राजु ताम्राकारका अनुसार विश्व बुद्धिचाल महासंघले आयोजना गर्ने ४६ औं चेस ओलम्पियाडमा नेपाल बुद्धिचाल महासंघले पूर्व घोषणा गरे अनुसार पुरुष तर्फ एफएम रुपेश जैसवाल, आशिष् फुयाल, राजन सुवेदी, सिएम सुश्रुत दहाल र सिएम पुरुषोत्तम सिलवाल छनोट भएका छन् ।
यस्तै महिला तर्फ पूर्व विजेता सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ एञ्जल महर्जन छनोट भएका छन्।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |