Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ १३, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

ढोला स्वास्थ्य चौकी फेरि जिल्लाकै उत्कृष्ट

४ घण्टा अघि
२

प्रदेश स्तरिय खेलकुदमा धादिङलाई ९ स्वर्ण,समग्र पदक तालिकामा नवौं

१ दिन अघि
३

धादिङका १३ पालिकाको कुल बजेट ९ अर्ब ४६ करोड ५७ लाखभन्दा बढी (कुन पालिकाको कति बजेट हेर्नुहोस्)

१ दिन अघि
४

खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट

१ दिन अघि
५

रुवी भ्याली गाउँपालिकाको बजेट ४१ करोड २२ लाख: कृषि,पूर्वाधार विकास प्राथमिकतामा

१ दिन अघि
६

धुनिवेशी नगरपालिकाद्धारा १ अर्ब ३ करोड ९५ लाख बढिको बजेट सार्वजनिक

३ दिन अघि
७

गजुरी गाउँपालिकाले ल्यायो ७३ करोड १५ लाख बढीको बजेट

३ दिन अघि
८

आगामी आर्थिक वर्षको लागि थाक्रे गाउँपालिकाको ८४ करोड ८ लाखको बजेट

३ दिन अघि
९

त्रिपुरासुन्दरीमा विपन्न समुदायलाई मौरीसहित आधुनिक घार वितरण

३ दिन अघि
१०

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ दिन अघि
११

फानसेपको पहलमा सिद्धलेकका किसानलाई स्थानीय सामग्रीबाट सन्तुलित पशु दाना बनाउने तालिम

३ दिन अघि
१२

धादिङमा कृषकको उत्पादन बजारसम्म पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ सेवा सुरु

३ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

२ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

३ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१ हफ्ता अघि
४

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

१ हफ्ता अघि
५

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ दिन अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ हफ्ता अघि
७

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

३ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

२ हफ्ता अघि
११

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

१ हफ्ता अघि
१२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ हफ्ता अघि

ढोला स्वास्थ्य चौकी फेरि जिल्लाकै उत्कृष्ट

  • बागमती कलम
  • ३१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १३, शनिबार (४ घण्टा अघि)
ढोला स्वास्थ्य चौकी फेरि जिल्लाकै उत्कृष्ट

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोला स्वास्थ्य चौकी पुनः जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ।

स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड (एमएसएस) फलोअप मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको हो।

यो उपलब्धिसँगै ढोला स्वास्थ्य चौकीले लगातार तेस्रो वर्ष जिल्लाभर प्रथम स्थान हासिल गर्दै ह्याट्रिक गरेको छ।

जनस्वास्थ्य कार्यालय धादिङ र सम्बन्धित स्थानीय तहद्वारा गरिएको मूल्याङ्कनमा ढोला स्वास्थ्य चौकीले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवातर्फ ९६ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो।

मूल्याङ्कनअनुसार थाक्रे गाउँपालिकाको महादेवबेशी स्वास्थ्य चौकी र बेनीघाट–रोराङ गाउँपालिकाको जोगिमारा स्वास्थ्य चौकीले ९३ प्रतिशत अंकसहित संयुक्त रूपमा दोस्रो स्थान प्राप्त गरेका छन्।

नीलकण्ठ नगरपालिकाको मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी ९२ प्रतिशत अंकसहित तेस्रो स्थानमा रहेको छ।

ढोला स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा लगातार तीन वर्ष जिल्लाभर प्रथम स्थान हासिल गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म ज्वालामुखी गाउँपालिकाभित्र लगातार पाँच वर्ष उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको छ।

स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबीचको प्रभावकारी सहकार्यले यो सफलता सम्भव भएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनुभयो।

गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा विभिन्न नवीन तथा जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ।

गाउँपालिकाले ‘एक वडा एक स्वास्थ्यकर्मी’ कार्यक्रममार्फत प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ भने ‘घरदैलोमा जनस्वास्थ्य सेवा’ कार्यक्रममार्फत नागरिकको घरघरमा सेवा पु¥याउने अभ्यासलाई निरन्तरता दिएको छ।

सुरक्षित मातृत्व प्रवर्द्धनका लागि ‘नमुना आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गरिएको छ।

त्यस्तै बागमती प्रदेशमै पहिलो पटक शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित गर्दै ज्वालामुखी गाउँपालिकाले ‘घरमा सुत्केरी शून्य पालिका’ घोषणा गरी त्यसको दिगोपना प्रमाणीकरणसमेत प्राप्त गरेको छ।

‘कोखदेखि शोकसम्म ज्वालामुखी सरकार’ अवधारणाअन्तर्गत जन्मदेखि वृद्धावस्थासम्म नागरिकको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

स्वास्थ्य र सरसफाइलाई उच्च प्राथमिकतामा राखेर गरिएको लगानी तथा नागरिक, जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक प्रयासले उल्लेखनीय उपलब्धि हासिल भएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो।

उहाँले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै उत्कृष्ट कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • bagmati-khelkud-dhading

    प्रदेश स्तरिय खेलकुदमा धादिङलाई ९ स्वर्ण,समग्र पदक तालिकामा नवौं

  • bajet-dhading-tottal

    धादिङका १३ पालिकाको कुल बजेट ९ अर्ब ४६ करोड ५७ लाखभन्दा बढी (कुन पालिकाको कति बजेट हेर्नुहोस्)

  • khaniyabas- bajet

    खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट

  • rubivyali-bajet

    रुवी भ्याली गाउँपालिकाको बजेट ४१ करोड २२ लाख: कृषि,पूर्वाधार विकास प्राथमिकतामा

  • समाचार
  • १

    ढोला स्वास्थ्य चौकी फेरि जिल्लाकै उत्कृष्ट
    ४ घण्टा अघि

  • २

    प्रदेश स्तरिय खेलकुदमा धादिङलाई ९ स्वर्ण,समग्र पदक तालिकामा नवौं
    १ दिन अघि

  • ३

    धादिङका १३ पालिकाको कुल बजेट ९ अर्ब ४६ करोड ५७ लाखभन्दा बढी (कुन पालिकाको कति बजेट हेर्नुहोस्)
    १ दिन अघि

  • ४

    खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट
    १ दिन अघि

  • ५

    रुवी भ्याली गाउँपालिकाको बजेट ४१ करोड २२ लाख: कृषि,पूर्वाधार विकास प्राथमिकतामा
    १ दिन अघि

  • ६

    धुनिवेशी नगरपालिकाद्धारा १ अर्ब ३ करोड ९५ लाख बढिको बजेट सार्वजनिक
    ३ दिन अघि

  • ७

    गजुरी गाउँपालिकाले ल्यायो ७३ करोड १५ लाख बढीको बजेट
    ३ दिन अघि

  • ८

    आगामी आर्थिक वर्षको लागि थाक्रे गाउँपालिकाको ८४ करोड ८ लाखको बजेट
    ३ दिन अघि

  • ९

    त्रिपुरासुन्दरीमा विपन्न समुदायलाई मौरीसहित आधुनिक घार वितरण
    ३ दिन अघि

  • १०

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution