

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन नेपाली युवा चेस टोली चिन प्रस्थान गरेका छन्।
चिनको सेनजेन शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सिएम पुरुषोत्तम सिलवाल, आयुष भण्डारी, अग्रिम शैंजु, श्रेषा दुवाल र निहाना श्रेष्ठलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन तथा महासंघका प्रवक्ता राजु ताम्राकारले बिदाइ गरेका छन्।
टोलीमा सहभागी सिएम पुरुषोत्तम सिलवालले केही समय अगाडि मात्र भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खेलमा ग्रायण्ड मास्टरलाई पराजित गरेका थिए। यस्तै निहाना श्रेष्ठले काजकिस्तानमा भएको खेलमा व्यक्तिगत विधामा नेपाललाई अन्तर्राष्ट्रिय रजत पदक दिलाएका थिए ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निता श्रेष्ठ शैंजुको व्यवस्थापकीय नेतृत्वमा १० दिनका लागि युवा खेलाडीहरु अन्तर्राष्ट्रिय चेस खेलमा प्रतिस्पर्धा गर्नेछन्।
विगत केही समय देखि नेपाली युवा तथा सिनियर खेलाडीहरु निरन्तर रुपमा अन्तर्राष्ट्रिय एरिनामा स्पर्धा गर्न विभिन्न राष्ट्रहरुमा यात्रा गरिरहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन्।
प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिभावकहरु सँग कुराकानी गर्दै खेलाडी विदेश यात्रामा हुदा मानव तस्करी जस्ता गम्भीर आरोप लाग्ने गरेको सुनाउदै अहिले सम्म चेस खेलाडी सबै नेपाल फर्किएको बताएका छन्।
ताम्राकारले एशियालि स्तरको प्रतियोगितामा नेपालको सहभागिताले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने तथा भविष्यमा ठूला प्रतियोगिताका लागि थप आत्मविश्वास प्राप्त हुने अपेक्षा गरिएको बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |