

धादिङ । सिद्धलेक गाउँपालिका-७ मा कार्यरत कर्मचारी शान्ति मगरातीलाई म्याद थप नगरी सेवाबाट हटाइएको विषयलाई लिएर स्थानीयवासीले गरेको तालाबन्दीका कारण वडा कार्यालयको सेवा लगातार चार दिनदेखि प्रभावित भएको छ।
स्थानीयवासीले सोमबार वडा कार्यालयको मुख्य प्रवेशद्वारमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। तालाबन्दीका कारण सिफारिस, नाता प्रमाणितलगायत दैनिक प्रशासनिक तथा अत्यावश्यक नागरिक सेवाहरू प्रभावित भएका छन्।
गाउँपालिकाले साउन ६ गते पत्रमार्फत वडा सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएकी मगरातीको करार म्याद थप नगर्ने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका हुन्।
स्थानीयका अनुसार तत्कालीन जिल्ला विकास समितिमार्फत २०६७ सालमा नियुक्त भएका मगरातीसँगैका अन्य दुई कर्मचारीले निरन्तरता पाउँदा मगरातीलाई मात्र सेवाबाट हटाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
मगरातीलाई हटाउने निर्णयलाई स्थानीयले बालुवा प्रशोधन केन्द्रसम्बन्धी विवादसँग समेत जोडेर हेरेका छन्। गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको भूमिकामाथि प्रश्न उठाउँदै स्थानीयले निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
तालाबन्दीका कारण साउन २५ गतेदेखि वडा कार्यालयबाट नियमित रूपमा प्रदान हुँदै आएका नागरिक सेवाहरू प्रभावित बनेका छन्। स्थानीयले कर्मचारीलाई पुनः सेवामा निरन्तरता दिनुपर्ने माग गर्दै तालाबन्दी जारी राखेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |