

धादिङ । फुर्केखोला पुल बाढीले बगाएपछि धादिङबेसीसहित उत्तरी धादिङको राजमार्गसँगको सडक सम्पर्क प्रभावित बनेको छ।
यस्तो अवस्थामा यी सडकहरू वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिन्छ।
पहिलो विकल्प-धादिङबेसीबाट सुनौलाबजार, फोस्रेटार हुँदै कल्लेरीटारबाट गल्छी निस्कने सडक।
दोस्रो-धादिङबेसीबाट परेवाटार, पिपलटार हुँदै केउरेनीबाट मासटार निस्कने सडक।
तेस्रो-धादिङबेसीबाट पाल्पा भञ्ज्याङ, हुलाक भञ्ज्याङ, सालबास, चैनपुर हुँदै बुङकोटघाट पुग्ने र त्यहाँबाट गोरखाको भीमसेन सत्तल, माझिटार, दरबुङफाँट, सिउरिनीटार हुँदै बेनीघाट बजार निस्कने सडक।
चौथो-धादिङबेसीबाट साँधभञ्ज्याङ हुँदै खरी, त्यसपछि बुङकोटघाट, भीमसेन सत्तल, माझिटार, दरबुङफाँट र सिउरिनीटार हुँदै बेनीघाट बजार पुग्ने सडक।
स्थानीय तहहरूले यी वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउन मर्मत, ग्राभेल तथा आवश्यक सुधारको काम अघि बढाउने तयारी गरेका छन्।
गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाका अनुसार वैकल्पिक बाटोको गल्छी खण्डमा अहिले समस्या छैन।
पृथ्वी राजमार्गअन्तर्गत डुबानमा परेको महेश दोभान क्षेत्रमा भने लेदो पन्छाउने काम भइरहेको छ।
यस्तै, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बेनीघाट, माझिटार, बुङकोटघाट, खरी र साँधभञ्ज्याङलगायतका कच्ची सडकमा ग्राभेल तथा मर्मत गर्ने तयारी भइरहेको बताउनुभएको छ।
ज्वालामुखी, गण्डकी र सहिद लखन गाउँपालिकाबीच समन्वय गरेर सडक सञ्चालनयोग्य बनाउने तयारी छ।
फुर्केखोला पुल पुनः सञ्चालनमा नआउँदासम्म धादिङबेसी र उत्तरी धादिङको यातायात सहज बनाउन यी वैकल्पिक सडक महत्वपूर्ण बन्नेछन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |