

धादिङ । भोटेकोशी र त्रिशूली नदीको बाढीमा परेका ५७९ जनाको शव फेला परेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो ।
अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ ।
त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् ।
नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन छन् ।
५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन् । ९५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
खोज तथा उद्धारको लागि १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ ।
खोज त था उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ ।
तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अलपत्र परेकाहरुको उद्धार हुन नसकेको गुनासो छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |