

धादिङ । धादिङको गजुरी गाउँपालिकाका विपद् प्रभावित परिवारहरूलाई विभिन्न अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ ।
गजुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष डा.सीता ढुंगानाको विशेष पहल र माडवारी सेवा समितिको आर्थिक सहयोगमा प्राप्त भएका राहत सामग्रीहरू वडा नं. ५ र ६ का बाढी प्रभावित २ सय परिवारलाई हस्तान्तरण गरिएको हो ।
राहत सामग्रीमा २०० पिस तिरपाल, २२० पिस पि.फर्म, २०० थान ब्लाङ्केट र २०० थान टावेल रहेका छन् ।
त्यसैगरी खाद्यान्न तथा खाजाका लागि चिउरा,चाउचाउ, बिस्कुट, जुस, दालमोठ, सोयाबिन मस्यौरा,लिटो, मिनरल वाटर र स्यानिटाइजर रहेका छन् ।
स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै २०० प्याकेट सेनिटारी प्याड, ४०० थान हात धुने साबुन, १००० पिस ह्यान्डिप्लास्ट, २०० प्याकेट टुथपेस्ट, ४०० पिस टुथब्रस, ८०० पिस मास्क, २०० प्याकेट धूप (मोस्क्युटो कोइल), ४०० प्याकेट जीवनजल, २०० स्ट्रिप सिटामोल र ३० लिटर फिनेल पनि प्रदान गरिएको छ ।
यसका साथै दैनिक प्रयोगका लागि २०० थान टर्च लाइट, २०० थान पानी खाने जग, ४०० पिस प्लास्टिक गिलास, ४०० पिस प्लास्टिक प्लेट र ५०० पिस प्लास्टिक चम्चा वितरण गरिएको छ ।
उक्त राहत सामग्रीहरू गजुरी गाउँपालिका वडा नं. ६ को बेल्खु जहरे र पोखरे खोला तथा वडा नं. ५ को पोखरे खोला र गलौधीका प्रभावित २०० घरधुरीलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइएको हो ।
राहत वितरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ (कर्ण), वडा नं. ५ का वडा अध्यक्ष गोविन्द लामिछाने तथा माडवारी सेवा समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संकटको समयमा प्राप्त यस सहयोगले प्रभावित परिवारहरूलाई ठूलो राहत पुग्ने विश्वास स्थानीय जनप्रतिनिधिहरूले व्यक्त गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |