Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

३४ मिनेट अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१४ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

हराउँदै मौलिक संस्कृति

  • Default Profile
  • बागमती कलम
  • ३८३ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ आश्विन १६, आईतबार (३ साल अघि)
हराउँदै मौलिक संस्कृति

पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँ आएको सङ्केत जनाउदथ्यो । दसैँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो ।

पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनीका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । “बारीका कान्लामा बाबियो पिङ बाट्न नकाटिकन संरक्षण गरेर राखिन्थ्यो, दसैँ आउन लाग्यो भनेपछि तल्लो गाउँका स्थानीयवासी (बेँसी) हाम्रा गाउँमा आएर बाबियो काटेर लैजादा बल्ल दसैँ आयो भन्ने आभास हुन्थ्यो”, उनले भने, “हिजोआज त कमैले बाबियो खोज्नुहुन्छ, हाम्रै गाउँमा पनि पहिलाजसो पिङ पातलो राख्न थालियो” ।

उनीका अनुसार विक्रम्दी, भञ्ज्याङबारी, कुसुण्डे, गोलैचे, सर्पराज, छत्तिवनडाँडा, गिजिनडाँडालगायतका विभिन्न गाउँमा काठबाट बनेको चर्खे पिङ राख्ने गरिएकोमा अहिले यो पिङ हराउँदै गएको छ । केही ठाउँमा लिङ्गे पिङ भने राखेको पाइन्छ । पहिलेको तुलनामा यो पिङ पनि कमै राख्ने गरिन्छ ।

पिङ राख्न गाउँका सबै साथीभाई बिहानै उठेर बाबियो खोजेर पिङ राखेको स्मरण गर्नुहुन्छ, महेन्द्र तिवारी । गाउँमा अनिवार्यजसो दसैँ र तिहारमा लिङ्गे पिङ राख्ने गरिएकामा अहिले यो राख्न छाडिँदै गएको उनी बताउँछन् । उनी भन्छन्, “घरदेखि टाढाका गाउँमा पुगेर बाबियो खोजेर ल्याइन्थ्यो, गाउँले सबै जम्मा भएर बाटेर पिङ तयार पारिन्थ्यो, अहिले पिङ बनाउन बाँबियो खोज्ने, बाट्ने झण्झट गर्न छाडियो ।”

दसैँ सुरु हुनुअघि गाउँका विभिन्न बारी, कान्लामा पुगेर बाबियो काटेर पिङ बनाउन भ्याइनभ्याइ हुने रामबहादुर रानाका दिन अहिले फुर्सदिलो बनेको छ । महिना दिनअघिदेखि नै गाउँघरमा आफैँले नेतृत्व गरेर पिङ हाल्ने रामबहादुर अहिले दसैँ चाडमा बाँबियो काट्ने, पिङ बाट्ने गर्न छाडेको धेरै वर्ष भएको बताउँछन् ।

“पिङ खेल्न पहिलाजसो रहर मान्न सबैले छाडेपछि गाउँमा बाँबियो काटेर दुःखसँग तयार पार्न छाडियो, सबै आफ्नै दैनिकीमा व्यस्त बने, गाउँघरमा बजार वस्ती बढ्दै जाँदा पार्कहरु बनेका छन्, सानासाना बालबालिकालाई त्यही लगेर कृत्रिम पिङ खेलाउन थाल्ने क्रम बढ्यो”, उनले भने ।

परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको हो । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । हिजोआज परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गे जस्ता पिङ लोप हँुदै गएको छ । यद्यपि, चर्खे पिङको चुलनामा लिङ्गे पिङ भने पूर्णरुपमा विस्थापित भइसकेको छैन । तर लिङ्गे पिङ पहिलेजसो बाक्लोमात्रामा भने भेटिँदैन ।

चर्खे पिङ नखेलेसम्म दसैँ आएको अनुभूति नहुने गरेको अनुभव सुनाउँछन्, बलबहादुर राना । चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको भए पनि अहिले कतै देख्न नपाउँदा संस्कृति नै हराउन पुगेकामा उनी चिन्ता गर्नुहुन्छ ।

चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एकपटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो । कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाई छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा राख्न छाडेको उनीहरुले बताए ।

पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढाटाढाबाट दसैँका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ । दसैँका दिन एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिने गरिन्छ ।

आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिदैनन् । सानासाना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घर–घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । गाउँघरमा चनचल्तीमा आएको चर्के पिङ, लिङेपिङ र घुमाउने पिङ खेलेर मज्जा लिदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने, खुसी साटासाट गर्ने गरिन्थ्यो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन् ।

माटोले सिंगारिन छाडे घरका भित्ता

दसैँ आउनु महिना दिन गावै घर लिपपोत गर्न रातो रसेतो माटोको बन्दोबस्तो गरेर घरघरमा राखिन्थ्यो । गाउँमा घर सिंगारेर चिटिक्क बनाउने छिमेकीबीच होडबाजी नै चल्थ्यो । खोलाका किनार, वनजङ्गलमा माटो खोजेर घर सजाउँदा गाउँ नै सुन्दर देखिन्थ्यो । तर हिजोआज भने खोला, वजनजङ्गलमा धाएर माटो खोजेर घर लिपपोत गर्ने चलन हराउँदै गयो ।

घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो, कालो माटोको तुलनामा बजारमा आएका विभिन्न रङ्गरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ। बजारमा तयारी अवस्थामा पाइने विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम हुन थालेको छ ।

पछिल्ला वर्षमा गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महँगा मूल्यका वस्तु खरिद गरी घर सिंगारपटार गरेर घर सजाउने क्रम बढ्दो छ। हिजोका दिनमा माटोले पोतिएका घरका भित्तामा कमेरो र रातो माटोको ठाउँमा रङरोगन, चुना लगाउन थालेको राधिका पाण्डेयले बताए । उनीका अनुसार गाउँमा कमेरो माटो खोजेर घर लिपपोत गर्नै छाडियो ।

“वन तथा व्यक्तिको जग्गा जोडिएको ठाउँमा माटो निकाल्न पाइँदैनथ्यो । बिहान ३ वजे नै उठेर लाइट बालेर खोलाका किनारबाट माटो खोजेर ल्याइन्थ्यो, कहिलेकाँही रातिमा लुकेर ल्याइएको माटो वनका व्यक्ति तथा जग्गाधनीले खोसेर धेरै पटक रित्तै फर्किएर घर फर्कन्थ्यौँ”, उनले विगतलाई सम्झँदै भने ।

घरका भित्ता सेतो, रातो र कालो माटोको सुन्दर सजावट हेर्दै सबैलाई आकर्षित बनाउँछ । रङरोगन सजावटको महत्व कमै मात्रामा लिइन्छ । यसरी कृत्रिम वस्तुको प्रयोग दिनप्रति दिन बढ्दै जादा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएको छ ।

दसैँमा चङ्गा उडाउने चलन हराउँदै

दसैँमा चङ्गा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । चाडपर्व सुरु भएदेखि गाउँघरमा साथीभाइ, आफन्त रमाइलो गर्दै आकाशमा चङ्गा उडाउने चलन रहे पनि अहिले यो कतै देख्न पाइँदैन । खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो ।

मनोरञ्जन मात्रै नभई परिवारमा खुसी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गर्दछ । खुल्ला चउर, सडकमा बसेर पालैपालो आकाशमा चङ्गा उडाउँदा गाउँ नै रमाइलो देखिन्थ्यो । हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिदैन । यस्ता पुराना संस्कृतिहरु हिजोआज लोप हुन पुगेका छन् ।

गाउँगाउँमा सबै कुराको सुविधा पुग्नु, ठूलाठूला घर भवन बन्दै जाँदा पुराना संस्कार संस्कृतिमा परिवर्तन आउन थालेको छ । पहिला गाउँमा चङ्गा उडाउने होडबाजीले कसका चङ्गा कति माथिसम्म पुग्यो भन्ने प्रतिस्पर्धामा उडाइने गरेपनि अहिले भने यस्तो संस्कृति गाउँबाट हटीसकेको युवा ओमप्रकाश रेग्मी बताउँछन् ।

खुला आकाशमा रङ्गमय चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । तर पूरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही स्कुल विद्यालयमा तल्ला कक्षामा पढ्ने सानासाना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउने गरिएको छ । रामतुलसी मावि रामपुर पाल्पाका पूर्व बालविकास तहका बालबालिकालाई संस्कृति सिकाउन चङ्गा बनाउने र उडाउन सिकाउँदै टीका जमरा लगाएर यस वर्षको दसैँपर्व विदा गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३४ मिनेट अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १४ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १४ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution