












भरतपुर महानगरपालिकाले आगामी पुस ७ गतेदेखि साना तथा ठूला सवारीसाधनलाई व्यवस्थापन गर्ने काम सुरु गरेको छ । बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारीसाधन व्यवस्थापन गर्न पाँच वटा महत्त्वपूर्ण निर्णय गरी कार्यान्वनमा ल्याउन लागेको हो ।
पछिल्लो समय बढ्दै गएको सहरीकरणसँगै सवारीसाधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ । महानगरको निर्णय अनुसार पूर्वबाट काठमाडौं–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतको भाडाको सवारीसाधनको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ ।
पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिनु पर्ने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारीसाधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी पश्चिमतर्फ निस्किनु पर्ने छ ।
यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकहरुको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्कमा गर्नुपर्ने निर्णय गरिएको छ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बस र म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थान केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्क तर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ ।
यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारीसाधन ट्रक, लहरी, टिपर जस्ता मालबाहक सवारीसाधनहरुलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ ।
महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बार क्षेत्रमा जथाभावी हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँया बायाँ भागमा निजी तथा भाडाका सवारी साधनहरुलाई पार्किङमा निषेध गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |