

कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन् ।
शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि सरकारले यसै महिनाको सुरुमा प्रतिबन्धहरू सहज बनाएको थियो । प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड संक्रमणका घटनाहरु दिनहुँ बढिरहेका छन् ।
प्रतिबन्ध सहज बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको छ । शनिबार कोभिडका कारण दुई पूर्वपत्रकारको मृत्यु भएको सार्वजनिक भएको थियो ।
पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |