

लियोनल मेसीले पहिलो पटक जित्छन् ? या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् ? यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ ।
कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ । नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ। अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रोपटक च्याम्पियन हुने दाउमा छन् ।
३५ वर्षीय मेसी सातपटक बालोन डि ओर उपाधि जितेका छन् । व्यावसायिक फुटबलमा सबै उपलब्धि हासिल गरेका मेसीले विश्व च्याम्पियन हुन सकेका छैनन् ।
सन् २०१४ मा अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने योजनामा थियो । तर, फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो । सन् १९७८ र सन् १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिना ३६ वर्षयता पहिलोपटक उपाधि जित्ने अभियानमा छ ।
फ्रान्स तेस्रोपटक उपाधि जित्ने योजनामा छ । टोलीका प्रशिक्षक डिडियर डेस्चाम्प्सले सन् १९९८ मा टोलीलाई च्याम्पियन बनाएका थिए । सन् २०१८ मा फ्रान्स डेस्चाम्प्सकै प्रशिक्षणमा दोस्रो पटक विजेता भयो । २३ वर्षीय एम्बाप्पेको उच्च प्रदर्शनसँगै फ्रान्स तेस्रोपटक उपाधि हात पार्ने दाउमा छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |