

देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ ।
विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् ।
रुपन्देहीको भीम अस्पताल भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताका अनुसार श्वासप्रश्वास, दम र रुघाखोकीका बिरामी आउने क्रम बढ्दो छ । बिरामीको सङ्ख्या बढेसँगै चिसोबाट जोगिन र स्वास्थ्य सावधानी अपनाउन डा. गुप्ताको आग्रह छ ।
चिसो ह्वात्तै बढेकाले वृद्धवृद्धा साथै बालबालिकालाई थप सचेत हुन, न्याना लुगा लगाउन, तातो खानेकुरा खान, मर्निङवाक गर्नेहरुलाई पनि सावधानी अपनाउन डाक्टरको सुझाव छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |