












झापाको चारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् । अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती मृत फेला परेको प्रहरीले जनाएको हो ।
चारआलीको पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ वर्षीय लिम्बू र नाम नखुलेकी उनकी कान्छी श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा शव फेला परेको र उनीहरुको सनाखत भइसकेको जनाइएको छ।
शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |