












हवाइजहाज आकाशमा ‘होल्ड’ हुँदा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ बिहिबार पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका छन् ।
भद्रपुरबाट हवाईजहाजमार्फत काठमाडौं जानेक्रममा काठ्माडौं पुगेपछि आकाशमै ३८ मिनेट होेल्ड हुँदा प्रतिनिधिसभा सदस्य राई पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका हुन् ।
बिराटनगरबाट फ्लाईट ढिला हुने भएपछि प्रतिनिधिसभा सदस्य राई काठमाडौं जानका लागि भद्रपुर पुगेका थिए । जहाज आकाशमै ट्राफिक जाममा पर्दा पद तथा गोपनीयताको शपथ लिन जानका लागि १० मिनेट ढिला भएको प्रतिनिधिसभा सदस्य राईले बताए ।
बिहिबार छुटेका राई सहित अन्य प्रतिनिधिसभा सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने छन् । राई एमालेका उम्मेदवार बिशाल भट्टराईलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
राई प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री थिए । पद तथा गोपनीयताको शपथको अघिल्लो दिन उनले पदबाट राजीनामा दिएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |