Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

८ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२१ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२१ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२१ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२२ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२२ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

८ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

यस्ता छन् प्रचण्डका सात सारथी

  • Default Profile
  • बागमती कलम
  • ३९६ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
यस्ता छन् प्रचण्डका सात सारथी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो । निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । तर, त्यो धेरै समय टिक्न नसकी कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत हुँदाहँुदै गैरकम्युनिस्टबाट प्रधानमन्त्रीका रूपमा देउवा आए।

नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो । एमाले, माओवादी र एकीकृत समाजवादी । अहिले एमाले र माओवादी सहित सात दलको गठबन्धन बनाएर कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा सरकार आएको छ ।

निर्वाचनसँगै संघीय सरकार मात्रै गठन हुने होइन । अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको पनि निर्वाचन हँुदै छ । प्रदेश सरकार गठन, प्रदेश प्रमुख नियुक्ति, संवैधानिक नियुक्तिदेखि राजदूत नियुक्तिबाट कम्युनिस्ट पार्टीले बढी लाभ लिने अवस्थामा पुगेका छन् । एमाले र माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन नबनेको भए यी महŒवपूर्ण पदमा गैरकम्युनिस्टहरू हाबी हुने निश्चित रहेको राजनीतिक विश्लेषक देवेन्द्र मिश्रले बताए ।

एमाले र माओवादी केन्द्र नमिलेको भए केहीबाहेक सबै मुख्य ठाउँमा गैरकम्युनिस्ट आउँथे । तर, अब त्यो अवस्थाको अन्त्य भएको छ । आउने दिन कम्युनिस्ट पार्टी र नेताका लागि राम्रो हुने बुझाइ उनको छ ।

यस्ता छन् प्रचण्डका सात सारथी
विष्णु पौडेल
एमाले उपाध्यक्ष विष्णु पौडेल यसअघि केपी शर्मा ओली नेतृत्वको दुई सरकारमा अर्थमन्त्रीको भूमिकामा थिए । २०५३ सालमै युवा खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ मा जलस्रोत मन्त्री, २०६७ मा रक्षामन्त्री भएका पौडेलले प्रचण्ड नेतृत्वको सरकारमा एमालेको नेतृत्व गरेर सरकारमा सहभागी भएका हुन् ।

१५ मंसिर २०१६ मा स्याङ्जामा जन्मिएका पौडेल २०३५ सालदेखि राजनीतिमा छन् । राजनीतिमा आउनुअगाडि शिक्षक रहेका पौडेल संसदीय राजनीतिमा अनुभवी नेता हुन् भने उनी विकासप्रेमी र भिजन भएका नेताका रूपमा चिनिन्छन् ।

२०५१ सालमा एमालेले संगठन विभाग प्रमुख बनेका उनी २०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । २०५६ को संसदीय निर्वाचनमा भने उनी रूपन्देही–३ बाट पराजित भएका थिए ।

२०६४, २०७०, २०७४ र २०७९ मा रूपन्देहीबाट चुनाव जितेका पौडेल २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा जलस्रोत मन्त्री, त्यसपछि झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका थिए ।

नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको चाहना गृह मन्त्रालय सम्हाल्ने थियो तर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए । उनी प्रधानमन्त्रीका विश्वासिला नेताका रूपमा चिनिन्छन् । यसअघि उनले बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभामा उनलाई मन्त्रिपरिषद्ले मनोनित गरेको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा श्रेष्ठ माओवादी केन्द्रबाट मकवानपुरबाट चुनाव लडेका थिए तर, पराजित हुन पुगे ।

२०७४ को प्रतिनिधिसभा सदस्यको चुनावमा गोरखा २ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ २०७६ माघमा भएको राष्ट्रिय सभा सदस्यको चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए ।

यसपटक पनि उनलाई परराष्ट्रमन्त्री बनाउने तयारी थियो । तर, गृहमा दाबी गरेका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाए ।

रवि लामिछाने
सञ्चारकर्मी रवि लामिछानेले ७ असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा आए । गत ४ मंसिरको चुनावमा उनी चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए भने रास्वपा २० सिटसहित संसदको चौथो ठूलो दल बन्यो ।

लामिछाने नेतृत्वको रास्वपा भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा दिएर राजनीतिमा उदाएको नयाँ दल हो । रास्वपाले प्रदेश संरचनाको विषयमा प्रश्न उठाउँदै आएको छ । प्रदेशसभाको चुनावमा भाग नलिएको रास्वपाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अवधारणा अगाडि सारेको छ ।

लामिछानेको आफ्नै जीवन पनि विभिन्न किसिमका उतारचढावपूर्ण छ । २०३२ भदौ २८ मा काभ्रेको मण्डनदेउपुरमा जन्मेका उनी पाँच दाजुभाइ र दिदीबहिनीमध्ये कान्छा हुन् । परिवारको आर्थिक स्थिति राम्रै भएकाले बोर्डिङ पढ्दै हुर्किए ।

भृकुटी माध्यमिक विद्यालयबाट एसएलसी दिने वर्ष निष्कासित भएपछि काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा गए र त्यही स्कुलबाट २०४९ सालमा एसएलसी पास गरे । एसएलसीपछि रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता पढ्न थाले । आईए पढ्दा–पढ्दै रेडियो-टेलिभिजनमा काम गरे ।

ज्वालाकुमारी साह
माओवादी केन्द्र छोडेपछि एमालेमा निरन्तर अवसर लिँदै आएकी नेता हुन् ज्वालाकुमारी साह । २०७४ सालको चुनावमा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा निर्वाचनमा बारा ३ (क)बाट निर्वाचित साह नेकपा विभाजनपछि एमालेमै रहिन् । एमालेमा बसेपछि माओवादीले कारबाही गर्दा उनी प्रदेशसभा सदस्यबाट पदमुक्त भइन् ।

तर, त्यसको केही समयपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साहलाई संघीय सरकारको मन्त्री (कृषि मन्त्री) बनाएका थिए । साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चाज थिइन् । नेकपा एकता भंग भएपछि एमालेमा रहेकी साहलाई एमाले अध्यक्ष ओलीले उनलाई प्रदेश २ को अध्यक्ष बनाएका थिए ।

गत चुनावमा बारा ३ बाट निर्वाचित भएकी साहले तेस्रोपटक संघीय मन्त्री बन्ने अवसर पाएकी छन् । राजनीतिमा भने उनी माओवादी जनयुद्धमा सहभागी हुँदै उदाएकी हुन् ।

बारा सिमरा उपमहानगरपालिका–१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन् । उनी माओवादीबाटै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् । त्यसपछि २०६६ मा उनी भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् ।

राजेन्द्रकुमार राई
२०७४ मा वाम गठबन्धन हुँदा धनकुटाबाट निर्वाचित राजेन्द्रकुमार राईलाई यस वर्ष चुनाव जित्न धेरै गाह्रो हुने अनुमान थियो । तर, उनी तत्कालीन सत्ता गठबन्धनको समर्थन पाएका कांग्रेस उम्मेदवार सुनीलकुमार थापालाई पराजित गर्दै राजेन्द्र पुनः प्रतिनिधिसभामा निर्वाचित भए । ५७ वर्षीय मन्त्री राईसँग स्थानीय निकायमा रहेर काम गरेको अनुभव छ ।

२०४९ सालमा तत्कालीन जिल्ला विकास समितिको सदस्यबाट जनप्रतिनिधिमा निर्वाचित भएका उनी २०५४ मा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए ।

२० भदौ २०२२ मा धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा जन्मिएका राई धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर माविमा पढ्ने क्रममा अनेरास्ववियुमा संगठित भएर राजनीतिमा आएका नेता हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै तह आप्mनो पार्टीलाई जिताएर राईले एमाले ओलीबाट म्यान अफ दि इलेक्सनको उपाधि पाएका राइले यसपटक संघीय मन्त्रिपरिषद्मा नै स्थान पाएका छन् ।

२०३० साल कात्तिक २० गते बैतडीमा जन्मेका भण्डारी २०४६ सालदेखि राजनीतिमा छन् । आफूलाई विकास अभियन्ता र समानताको पक्षधरका रूपमा चिनाउन चाहने ४९ वषर्षीय भण्डारीसँग यसअघि २०७३ सालमा अर्थ राज्यमन्त्री भएर काम गरेको अनुभव छ ।

अब्दुल खान
उद्योगमन्त्री अब्दुल खान गत ४ मंसिरमा सम्पन्न आमचुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् । ३६ वर्षीय खान जनमत पार्टीका दोस्रो वरीयताका नेता हुन् ।

२०६८ सालमा जनमत पार्टीको गठन भएदेखि नै सक्रिय भएर लागेका कारण आफू सीके राउत पछि सबै भन्दा धेरै १६ पटक गिरप्mतारमा परेको बताउँछन् । जनमत पार्टीमा ११ वर्ष बिताएका खान गत चुनावबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् ।

बर्दियाको गुलरियाका स्थायी बासिन्दा खान पब्लिक हेल्थ विषयमा स्नातक उत्तीर्ण हुन् । उनको पार्टीले गत चुनावमा देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने र १० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको थियो । पार्टीको घोषित नीति कार्यान्वयन गर्ने उनको बाचा छ । राजधानी दैनिकमा समाचार छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ८ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २१ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २१ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २१ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २२ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २२ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २२ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution