












नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा भएका अन्तर्घातका विषयमा परेका उजुरीबारे निर्णय गरी पठाउने समयावधि थपेको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा परेको उजुरीकाबारेमा निर्णय गरी १५ पुसमा पठाइन सक्न मातहतलाई निर्देशन दिएको समितिले एक महिना समय बढाएर १५ माघसम्म पुर्याएको छ ।
प्रेस विज्ञप्ति
२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरु प्रदेश एवं जिल्ला अनुशासन समितिबाट विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पौष १५ गतेभित्र पठाउनु पर्ने भनी प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नु पर्ने भनी सिफारिस प्राप्त हुन आएकोले उक्त समयावधी २०७९ माघ १५ गतेसम्मका लागि वढाइएको जानकारी गराइन्छ ।
प्रेम केसी
सचिव, केन्द्रीय अनुशासन समिति





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |