












ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी साधन चलाउने तीन चालकलाई पक्राउ गरी आज अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।
मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना१ज ६६२४ नंको भाडाका सुमो चालक २४ वर्षीय मनोज रुम्बा, नागढुङ्गाबाट पक्राउ परेका ना२ख ८२१५ नंका ट्रक चालक ३९ वर्षीय शैलेन्दै लोधर र भक्तपुरको कमलविनायकबाट पक्राउ परेका ना४ख ५१२ नंका टिपरको चालक २४ वर्षीय नवीन मिजार रहेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मापसे सेवन गरी सवारी साधन चलाउने र ट्राफिकलाई अभद्र व्यवहार गरेकाले उनीहरूलाई मुद्दा चलाइएको जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये रुम्बालाई प्रहरी वृत्त कीर्तिपुरबाट चार दिनको म्याद थप, लोधरलाई प्रहरी वृत्त थानकोटबाट सात दिनको म्याद थप र मिजारलाई प्रहरी वृत्त जगातीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टले बताउनुभयो । पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई तीव्रतासमेत दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |