

देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्दै आएको छ । यसले सडकसँगै हवाई क्षेत्रको यात्रा प्रभावित हुन थालेको छ ।
हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी अर्थात् दृश्य क्षमता घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् । भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएका छन् । यस्तै, अन्य पहाडी र तराईका विमानस्थलबाट पनि उडान अवतरण हुन सकेको छैन ।
हुस्सुका कारण भिजिबिलिटी झन् झन् घट्दै गइरहेको छ । बिहान दुई हजार मिटर रहेको भिजिबिलिटी ७ बजेपछि १६ सयमा झरेको छ । यसले गर्दा उडान अवतरण प्रभावित भएका छन् । अहिले कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्ने क्षमता भएका जहाजलाई मात्रै उडान अवतरण गर्ने अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।
१६ सयभन्दा माथिको भिजिबिलिटी आवश्यक पर्ने सबै जहाज रोकिएका छन् । लगातारको बाक्लो हुस्सुले तराईका जिल्लाको उडान अवतरण भने हरेक दिनजसो प्रभावित हुन थालेको छ । मौसम खुलेपछि मात्रै उडान अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ । बिहानको उडान ढिलाइ हुने भएकाले यात्रुलाई त्यहीअनुसार तयार हुन आग्रह गरिएको छ । समयमा नै उडान अवतरण नभएकाले मौसम खुलेपछि विमानस्थलमा चाप पर्ने देखिएको छ ।
यस्तै, भिजिबिलिटी कम हुँदा सडक दुर्घटनाको जोखिम पनि उच्च हुन्छ । दुर्घटना रोकथामका लागि तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ ।
यस्तै, मोटरसाइकल तथा साइकल चलाउँदा टल्कने खालको ज्याकेट लगाउन पनि ट्राफिक प्रहरीको अनुरोध छ भने पैदल यात्रुलाई कानमा इयर फोन लगाएर नहिँड्न सुझाव दिइएको छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। -ujyalo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |