












कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेकाे छ । आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।
पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ । हुस्सु कुहिरोकै कारण आज पनि भिजिभिलिटी अर्थात दृश्य क्षमता घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फको उडान भने ठप्प भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयले बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको जनाएको छ । आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट बाह्यतर्फको उडान भने भइरहेको छ ।
आज पहाडी जिल्लाको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ भने हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमवद् सजिना शाक्यले जानकारी दिनुभयो । यस्तै, तराईका जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित हुन थालेको छ । कठ्याँग्रिदो चिसोका कारण तराईका धेरैजसो विद्यालयमा बिदा दिइएको छ । घरबाट बाहिर निस्किएर काम गर्नै समस्या भएको छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र मजदुरी गर्नेहरु मारमा परेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |