












सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारले थालेका कामहरूको समीक्षा भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारले जनताको जनजीविकालाई सहज बनाउने गरी गर्न सकिने कामहरुबारे छलफल भएको हो ।
बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलिसम्म न्यूनतम साझा कार्यक्रमले अन्तिम रूप दिने तयारी भइरहेको बताए । बैठकमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर भएका कामहरूका साथै नीतिगत परिवर्तन ल्याउनेगरी छलफल भएको छ । बैठकमा मन्त्रालय फुटाउने भनेर आएका समाचारका बारेमा समेत नेताहरुबीच कुराकानी भएको छ । मन्त्री लामिछानेले गठबन्धनको बैठकमा मन्त्रालय फुटाउनेबारे कुनै छलफल नभएको र त्यस्तो सोच समेत नभएको बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता दिने गठबन्धनको तयारी छ । मन्त्री लामिछानेले आजको बैठक अनौपचारिक भएकाले समग्र विषयमा छलफल र कुराकानी भएपनि ठोस कुनै निर्णय नभएको बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |