












पोखरामा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै पोखराको ब्राण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडान पनि स्थानान्तरण भएको छ । यसअघि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ५ किलोमिटर पर मान्द्रेढुंगामा सारिएको हो ।
सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए ।
‘जहाजको सुरक्षा पहिलो सर्त हो । उडान नै अप्ठ्यारोमा पर्ने गरी प्याराग्लाइडिङलाई आकाश छोड्न सकिँदैन,’ उनले भने, ‘सकेसम्म पोखराबाट प्याराग्लाइडिङ नहटाऔं भनेर मान्द्रेढुंगा सारेका छौं । परीक्षण गर्दा त्यहाँ पनि राम्रो नभए दुखका साथ हटाउनुपर्छ ।’ यसअघि सराङकोट सहित तोरिपानी र तामागी क्षेत्रबाट पनि उडान हुने गरेको थियो । ति तीनै ठाउँबाट अब उडान गर्न नमिल्ने भएको छ ।
मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान पामेमा अवतरण गरिएको छ । नेपाल हवाई खेलकुद संस्थाका अनुसार प्राधिकरणले ६ हजार फिट भन्दा माथि उड्न नपाउने गरि मापदण्ड तोकिदिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |