

सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले एसिड आक्रमणमा परेकालाई चार अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको बताए ।
उनका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान) र कीर्तिपुर अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।
अधिकारीले देशका कुनै पनि स्वास्थ्य संस्थाबाट पीडितका लागि निःशुल्क आकस्मिक उपचारको व्यवस्था गरिएको बताए ।
‘एसिड आक्रमणमा परेका पिडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार सरकारले एसिड पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |