


























तापक्रम बढ्दा चिसो कम हुँदै गएको छ ।बाग्मती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको छ । यस्तै, प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको छ ।
हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि यी क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा भने बाक्लो हुस्सु कुहिरो छ । यसले गर्दा पहाडी जिल्लाको तुलनामा तराईमा चिसो धेरै छ ।
यस्तै, पश्चिमी न्यून चापीय प्रणालीको केही प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । भोलिदेखि भने यी प्रदेशको मौसम पनि खुल्ने सम्भावना रहेको मौसमविद् महर्जनले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |