

धादिङ,२९ पुष ।
धादिङमा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ ।
गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय धादिङले अवैधरूपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएपछी जिल्लाकासबै १७१ वटा क्रसर र बालुवा धुने फिरफिरे लगाएत बालुवा र ढुङ्गा खानी बन्द गराइएको हो । वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसरहरु आइतबारदेखि संञ्चालनमा पुर्ण रोक लगाएको छ ।
गृहले प्राकृतिक श्रोतको उत्खनन् र अबैध रुपमा निकासी पैठारी भएको भन्दै तत्काल बन्द गर्न निर्देशन गरेपछी जिल्ला प्रशासन कार्यालय धादिङले पनि सबै उद्योग र खानीहरु बन्द गर्न निर्देशन दिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
सबै क्रसर तथा बालुवा प्रशोधनहरु बैध अबैध आवश्यक छानबिन पश्चात सञ्चालनमा आउने लम्सालले बताउनुभयो । धादिङमा २०७४ बाट स्थानीय तहको संरचना कार्यान्वयनमा आएपछि मापदण्डविपरीत अवैध उत्खनन् बढेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |