Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सुरक्षित मानिएकै एटिआर जहाज दुर्घटना

  • Default Profile
  • बागमती कलम
  • ४२५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ २, सोमबार (३ साल अघि)
सुरक्षित मानिएकै एटिआर जहाज दुर्घटना

‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै जसो मानिस घाम ताप्न व्यस्त थिए । केही मानिस आफ्नो काममा व्यस्त थिए ।

कतिपय माघी मनाउन र अन्य काममा काठमाडौँबाट पोखरातर्फ जानेहरू आफन्त भेट्ने अपेक्षामा थिए । तर उनीहरूको सबै चाहना सेती खोँचमा बिलाउन पुग्यो । सबै प्रक्रिया पूरा गरेर उडेको थियो जहाज । यति एयरलाइन्सका वरिष्ठ पाइलट एवं प्रशिक्षक चालकका रूपमा परिचित कमल केसीको नेतृत्वमा एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन भएको जहाज बिहान १०ः३३ मा उडेको थियो । करिब ११ बजेतिर विमान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा दुर्घटना भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज काठमाडौँबाट पोखराका कूल १६ उडान थिए । त्यसमा नौ वटा उडान बुद्ध एयरका थिए भने यतिका चार उडान । श्री एयरलाइन्सको एक र सौर्यको दुई उडान थिए । काठमाडौँ–पोखराको हवाई मार्ग अन्यत्रको तुलनामा सुरक्षित मानिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै प्रक्रिया पूरा गरेर जहाज उडेको थियो । अवतरणका लागि जहाजले पोखरा विमानस्थलबाट अनमुति पाइसकेको थियो । तर, जहाज एक्कासि दुर्घटना पर्दा मुलुक नै शोकमा पर्‍यो । देशविदेशका सञ्चारमाध्यममा नेपालको हवाई दुर्घटनाको समाचार खरमा आगो लागे जसरी फैलियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ डबल इञ्जिन जहाज दुर्घटनामा हालसम्मकै सबैभन्दा धेरै यात्रुको ज्यान गएको यो पहिलो पटक हो । विमान दुर्घटनामा परी ६९ को शव फेला परेको छ । त्यसमध्ये २३ जनाको सनाखत भइसकेको छ ।

सुरक्षित मानिएकै एटिआर जहाज दुर्घटनामा

संसारभर नै एटिआर सिरिजका जहाजलाई नागरिक उड्डयनमा सुरक्षित र भरपर्दो मानिन्छ । नेपालको भौगोलिक अवस्थिति अनुकूल सुरक्षित उडानको सुनिश्चितताका लागि पछिल्लो प्रविधिको एटिआर जहाज भित्र्याएर सेवा सञ्चालन गरिएको छ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार एटिआर जहाज हवाई उडानका दृष्टिले निकै सुरक्षित मानिन्छ । विमानमा कुनै पनि समस्या देखिए ‘इन्डिकेटर’मा सङ्केत आउँछ । सोही सङ्केतका आधारमा चालक दलले विमानको सुरक्षित अवतरणका लागि आवश्यक प्रक्रिया अपनाउँछन् ।

वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यले पनि तुलनात्मकरूपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटनामा पर्नु आफैँमा दुर्भाग्य भएको बताए । उनले भने, “नेपालमा साना जहाज बढी मात्रामा दुर्घटनामा परेका थिए । एटिआर नै दुर्घटनामा परेको भने यो पहिलो पटक हो ।”

यती एयरलाइन्सका हवाई सुरक्षा शाखाप्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार प्राविधिक हिसाबले एटिआर विमान निकै सुरक्षित मानिने भए पनि कसरी दुर्घटनामा पर्‍यो छानबिनपछि मात्रै भन्न सकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले तुलनात्मकरूपमा एटिआर जहाज बढी सुरक्षित र भरपर्दो मानिने बताए । उनले भने, “हुनै नहुने दुर्घटना हुन गयो, यो नेपाली उड्डयनकै लागि दुर्भाग्य हो । छानबिनपछि आधिकारिक निर्णय आउला अहिले म थप केही भन्न सक्दिनँ ।”

नेपालको भूधरातलीय स्वरूप अनुरूप हवाई यातायात निकै सुलभ र भरपर्दो मानिन्छ । तर विमान दुर्घटनाको सिलसिला हेर्दा हवाई उडान सुरक्षामा विश्वासको सङ्कट पैदा भएको छ । पछिल्ला दुर्घटनाले हवाई सेवाप्रति नागरिकको विश्वास गिर्दो रहेको छ ।

पटक–पटक हवाई दुर्घटना भएपछि त्यसको समाधानका लागि नेपालमा पनि एटिआर सिरिजका जहाज भित्र्याइए । तर आजको दुर्घटनाले त्यसमा पनि आशङ्का थपिदिएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौला पनि एटिआर जहाज प्राविधिक हिसाबले राम्रो र सुरक्षित मानिने बताउँछन् । उनले भने, “दुर्घटनामा परेको जहाज प्राविधिक हिसाबले राम्रो हालतमा थियो । अनुभवी प्रशिक्षक पाइलटले चलाएको विमान कसरी दुर्घटनामा प¥यो क्यान पनि आश्चर्यमा परेको छ”, प्रवक्ता निरौलाले दुर्घटनाको कारण छानबिन समितिको निष्कर्ष नआएसम्म अहिले नै यसै हो भन्न नसकिने उल्लेख गरे ।

नेपालमा कहिले भित्रियो एटिआर

नेपालमा पहिलो पटक नेकोन एयरले एटिआर जहाज भित्र्याएको थियो । कम्पनीले एटिआर–४२ जहाजमार्फत सेवा दिएको थियो । पछिल्लो पटक निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयर र यती एयरलाइन्सले एटिआर जहाजमार्फत उडान गर्दै आएका छन् ।

नेपालमा एटिआर–७२ र एटिआर–४२ सिरिजका जहाज सञ्चालनमा छन् । सबैभन्दा धेरै बुद्धसँग एटिआर–७२ का ११ वटा र एटिआर–४२ का तीन गरी कूल १४ विमान छन् ।

यस्तै, यती एयरलाइन्ससँग छवटा एटिआर–७२ मध्ये आज एउटा दुर्घटनामा परेको छ । मुलुकको आन्तरिक उडानमा ११ हेलिकोप्टर कम्पनी र नौ ‘फिक्स विङ्स’ गरी कूल २० हवाई सेवा प्रदायकले उडान गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दुईतर्फी दैनिक कूल दुई सय ६० उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

एटिआर जहाजको विशेषता

यो जहाजको कूल वजन १२ हजार नौ सय ५० किलो हुन्छ । यो विमानले २२ हजार पाँच सय किलोग्राम बराबरको भारवहन गर्ने क्षमता राख्छ । एटिआर जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनलले उत्पादन गर्दै आएको छ । जहाज बनावटका हिसाबले पनि आकर्षक मानिन्छ । यो विमान छोटो दूरीको उडानका लागि प्रयोग गरिन्छ ।

विमान निर्माता कम्पनी, क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरूप जहाज सञ्चालन हुने भएकाले पनि दुर्घटनाको कारण खोज्न छानबिन समितिको प्रतिवेदन नै कुनुपर्ने देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution