


























सोमवार बिहान फेला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानबिन आयोगलाई जिम्मा लगाईएको छ ।आइतवार बिहान भएको बिमान दुर्घटनाको ‘ब्लाक बक्स’ सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतवार गठन भएको छानबिन समितिले आजैवाट काम सुरु गरेको र फेला परेको ब्लाक बक्स छानविन समितिलाई जिम्मा लगाईएको हो ।
बिमान दुर्घटनामा ‘ब्लाक बक्स’ महत्वपुर्ण प्रमाण हुन्छ । ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि ‘ब्लाक बक्स’ले धेरै सुचना दिने गर्छ । ‘ब्लाक बक्स’लाई सबैभन्दा बलियो प्रमाण मानेर छानबिन गर्ने गरिन्छ ।
पोखरा बिमान दुर्घटना पछि बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यमा राखेको थियो । सो आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। गठन भए लगत्तै आयोगले छानविनको काम सुरु गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |