












प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
भागबण्डाअनुसार माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । एक राज्यमन्त्री पनि पाउने भएको छ। उसले भौतिक पूर्वाधार लिइसकेको छ ।
सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती लगभग पक्का भएको मााओवादी निकट स्रोतले जानकारी दिएको छ।
अमनलाल मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ । तर, औपचारिक निर्णय भने भैसकेको छैन । यसबारे पार्टीमा छलफल गरेर मात्र औपचारिक निर्णय लिने प्रचण्डको तयारी छ। राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |