












राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ । संघले आज जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन भएको छ ।
यस्तै, आगामी फागुनमसान्तभित्र अनिवार्य रुपमा सम्पूर्ण मातहत कमिटी (वडा, पालिका र जिल्लां) को अधिवेशन सम्पन्न गर्ने पनि भएको जनाइएको छ । २ माघमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममूखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउन ०७९ मा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकबाट परित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधि लाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |