


























सल्यान प्रहरीले एक ट्रक रासायनिक मल सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो जिल्लाको बागचौर नगरपालिका ११ पानीखोलाबाट रासायनिक मल सहित एक जनालाई प्रक्राउ गरेको हो ।
बागचौर नगरपालिका ११ पानीखोलाका शेर बहादुर खड्का र दिनेश ओलीले रा १ क १३६३ नम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुर दाङ शाखाबाट ल्याई अवैधानिक रुपमा बिक्री गर्न लगेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शेरबहादुर खड्काको घरमा गोदाम गरी राखेको डिएपि पोटास ३० बोरा, युरिया ७९ बोरा र पोटास ५० बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए।
उनले रासायनिक मल ल्याउने मध्येका एक दिनेश ओलीलाई नियन्त्रणमा लिएको उनको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |