


























म्याग्दीको थाईबाङबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप सोमवार दिउँसो मंगला गाउँपालिका-२ काफलचौरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सवार अन्य सात जना घाइते भएका छन् ।
दुर्घटना हुँदा सवार मंगला गापा-१ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पतालका सूचना अधिकारी रिन्छेन चालिसेका अनुसार दुर्घटनामा घाइते मंगला गापा–१ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया शिवानी केसी र ५ वर्षीय छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए ।
अन्य घाइते मंगला गापा–१ का १५ वर्षीया बबिना परियार, ३८ वर्षीय टेकबहादुर गर्बुजा, ५० वर्षीया भीमकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था सामान्य रहेको छ । वडा नम्बर २ की २३ वर्षीया विपना कार्कीको उपचारपछि डिस्चार्ज गरिएको बेनी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई बेनी अस्पताल ल्याएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |